जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीको नेतृत्वमाथि प्रश्न बढ्दै गएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, गोकुल बाँस्कोटा, उषाकिरण तिम्सेना लगायतका नेतादेखि जनवर्गीय संगठनसम्मले ओलीले जिम्मेवारी छाड्नुपर्ने आवाज उठाएका छन् ।
कतिपय नेताले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले समेत जिम्मेवारी छोडी पार्टीलाई जेनजीको भावना अनुरूप पुनःगठन गर्नुपर्ने माग गरेका छन् । तिम्सेनाले सबैभन्दा पहिले अध्यक्ष ओलीले पद त्याग्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । महासचिव पोखरेलले परिस्थिति सामान्य भएपछि आत्मसमीक्षा र पुनर्गठन हुने संकेत दिएका छन् ।
तर, ओलीनिकट नेताहरू भने विकल्प खोज्ने पक्षमा छैनन् । सचिव योगेश भट्टराईले पार्टीलाई युवामुखी, जनमुखी र प्रगतिशील बनाउन नेतृत्व पुनर्गठन अनिवार्य भएको बताएका छन् । संविधान खारेज गर्न नहुने उनको जोड छ । त्यस्तै, स्थायी समिति सदस्य बिन्दा पाण्डे र पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि पार्टी नेतृत्व र कार्यशैलीमा संरचनागत सुधार अपरिहार्य भएको बताएका छन् ।
सत्यपाटी