२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण भोलि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २८ गते शनिबार

नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्याएको कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथ ग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथ ग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभार ग्रहण हुन सकेन ।

नवनियुक्त प्रधानमन्त्रीमा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायतका मुद्दा उठाउँदै देशव्यापी प्रदर्शन गरेका थिए । सोही आन्दोलनपछि नेतृत्वमा फेरबदल हुँदै अन्तरिम सरकार गठन गरिएको हो ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार