२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

दुई दर्जन होटल ध्वस्त, २५ अर्ब नष्ट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २८ गते शनिबार

होटल संघ नेपाल (हान)ले मंगलबारको तोडफोड र आगजनीमा दुई दर्जन होटलहरूमा क्षति पुगेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुर लगायतका क्षेत्रमा रहेका दुई दर्जन बढी स्वदेशी तथा विदेशी ब्रान्डका होटल तथा रिसोर्टहरू तोडफोड, आगजनी र लुटपाटमा परेका हुन् ।

संघका अनुसार सबैभन्दा बढी क्षति काठमाडौंको हिल्टन होटलमा भएको छ । हिल्टनमा आठ अर्बको र अन्यमा १७ अर्बको क्षति भएको बताइन्छ । तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने भएकाले चाडबाडको मुखैमा दुई हजारभन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ । यसबाट उनीहरुले बैंक तथा वित्तीय संस्थासँग लिएको ऋणको साँवा तथा ब्याज भुक्तानीको तालिकासमेत प्रभावित हुने बताइन्छ ।

हानले सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटल–व्यवसायमा भएको यस किसिमको क्षतिको छानबिन गर्न शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अपराधीलाई उचित क्षतिपूर्ति सहित दण्ड हुनुपर्छ । साथै मर्मत, संभार र पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराई लगानीकर्ताको मनोबल कायम राख्न आवश्यक छ ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार