२०८३ साउन १० , आइतबार 26, July 2026, Sunday

प्रधानमन्त्री कार्कीको सपथपछि संसद् विघटन, कुलमान र ओमप्रकाश मन्त्री

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अहिले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपतिको कार्यालयले उनको नियुक्ति पुष्टि गरिसकेको छ । शपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ र सो बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरिने तयारी छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट त्यसै आधारमा संसद् विघटन गरिनेछ । मन्त्रिपरिषद्मा को-को सहभागी हुने भन्ने विवरण आउन बाँकी भए पनि, शपथलगत्तै सबै संवैधानिक प्रक्रिया सम्पन्न हुने जनाइएको छ । यो निर्णयसँगै नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुँदैछ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनेसँगै शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् । अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा कार्कीले सपथ ग्रहण गरेसँगै कुलमान घिसिङ र ओमप्रकाश अर्यालले पनि मन्त्रीको सपथ ग्रहण गर्नेछन् । उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार