जेनजीले गत सोमबार र मंगलबार गरेको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अहिले काठमाडौँको सुन्धारा अगाडि प्रधानमन्त्री बनाउनेको भीड नै लागेको छ । बिहीबार सुन्धारा अगाडि युवाहरूको भीड लागेको छ ।
जेनजी पुस्ताका युवाहरूले आ–आफ्नै समूह बनाएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उज्यालोको संवाहक रूपमा चिनिएका कुलमान घिसिङ, काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै युवाहरूले माग गरिरहेका छन् । अहिले देश शून्यतामा गएको छ ।


प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
सत्यपाटी