२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

जेनजी अगुवा भन्छन्, ‘हामीमा फाटो ल्याउन खोजिँदैछ, संसद् विघटन प्रमुख एजेन्डा !’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

पछिल्लो आन्दोलनको नेतृत्व गरेको जेनजी समूहले संसद् विघटन र अन्तरिम सरकार आफूहरूको प्रमुख एजेन्डा भएको बताएको छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने जेनजी समूहका अगुवाहरूले संसद् विघटनलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारेका हुन् ।

साथै, उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने पनि बताए । आफूहरूबीच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले त्यसप्रति सचेत हुनुपर्ने पनि बताए । हामी नेपाल समूहका नेतृत्वकर्ता सुदन गुरुङलगायत पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार