नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।आन्दोलन पश्चात् मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो सेयर गर्दै यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कोस् भन्दै उनले जेनजीहरूलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् । उनले आफूहरूबाट गल्ती भएको पनि स्वीकार गरेका छन् । उनले माफी माग्दै अब बिग्रिएको कुरा सुधार गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
सत्यपाटी