२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवामाथि आक्रमण भएको छ । जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ निवासमा पसेर आक्रमण गरेको हो ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार