२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश (तस्वीर कथासहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

प्रदर्शनमा उत्रिएका गेट तोडेर युवाहरु सिंहदरबार छिरेका हुन् । सिंहदरवारको मुल गेटमै तोडफोड र आगजनी गर्दैभित्र छिरेका हुन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार