सोमबारदेखि चलेको जेन जी आन्दोलनले उठाएका विषयलाई देशभित्रबाटै समाधान खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन् । दरबास सम्वाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनशासनका विषय ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना राखिबक्सेको छ ।’

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
