२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

एमाले निकट अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा गर्न सकेन,’ फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।’

उनले जनताको सेवामा निरन्तर लाग्ने भन्दै यतिवेला सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको प्रज्ञाभूति भएको र यसको नतिजा भयावह हुने आशङ्का गरेका छन् । ‘मेरो जीवनको सबैभन्दा कालो दिन !’ अध्यक्ष कडरियाले भनेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार