२०८३ साउन १२ , मंगलबार 29, July 2026, Wednesday

रवि लामिछानेलाई रिहा गर्ने तयारी, केपी ओली विदेश भाग्ने दाउमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

राजधानीमा अहिले उच्च राजनीतिक तनाव सिर्जना भएको छ । स्रोतका अनुसार, नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी भइरहेको छ । यस प्रयासको पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरु गरेको बताइएको छ ।

अवस्थाप्रति नजिकका स्रोतका अनुसार, केपी शर्मा ओलीसहितका पुराना नेताहरू भाग्ने तयारीमा रहेको र त्यसैको कारणले सरकारले बालेन शाहमार्फत रवि लामिछानेलाई नियन्त्रणमा लिएर सरकारको नेतृत्व कायम गर्ने रणनीति बनाएको छ ।

हाल हेलिकप्टर बालुवाटारमा पुगेको र खड्ग ओलीलाई विमानस्थलसम्म पुर्याएर त्यहाँबाट विदेशी गन्तव्यतर्फ पठाउने तयारी भइरहेको बताइएको छ । साथै, ओली पक्ष र उनीसँग सहमत भएका व्यक्तिहरूको उपत्यकामा रहेका घरहरूमा आगजनी भएको खबर प्राप्त भएको छ । स्थिति अत्यन्तै तनावपूर्ण रहेको र सुरक्षा निकायले तत्काल नियन्त्रणमा राख्न प्रयासरत छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार