अभिनेत्री करिश्मा मानन्धरले आफू (नेकपा) एमाले त्यागेको घोषणा गरेकी छन् । उनले फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् । करिश्मा केही वर्षअघि देखि एमाले पार्टीमा प्रवेश गरी शक्रिय कार्यकर्ताको रुपमा आफुलाई प्रस्तुत गर्दै आएकी थिइन् । सोमबार जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेर १९ जनाभन्दा बढीको हत्या भएपछि उनले यस्तो धारणा आएको हो ।
‘मानव भएर जन्मिएको नाताले, मानवता नै मेरो पहिलो प्राथमिकता हो । न्याय मेरो पहिलो प्राथमिकता हो । आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो । र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामथ्र्य मेरो पहिलो प्राथमिकता हो । अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु । म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु,’ उनले लेखेकी छन् ।
सत्यपाटी