काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेनजीले आन्दोलनको नेतृत्व लिन दबाब दिएका छन् । सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा ‘प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ’ भन्ने सन्देश ट्रेन्ड बनेको छ ।
जेन्जीले सामाजिक सञ्जाल प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध प्रदर्शन सुरु गरेका हुन् । सोमबार बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन संसद् भवनसम्म पुगेपछि प्रहरीसँग झडप भयो ।
अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग हुँदा १५ जना घाइते भए । राजधानीसँगै चितवन, कास्की, इटहरी, बुटवल, झापा लगायतका प्रमुख सहरमा पनि प्रदर्शन भए । शान्तिपूर्ण भनिए पनि अधिकांश स्थानमा झडप भएको छ ।
यसअघि बालेनले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई समर्थन जनाउँदै आफू उमेर हदका कारण सहभागी हुन नसक्ने तर शान्तिपूर्ण तरिकाले अघि बढाउन आग्रह गरेका थिए ।
सत्यपाटी