२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

कांग्रेस सत्ताबाट बाहिरिँदै, राजीनामा दिने तयारीमा मन्त्रीहरू

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार राजीनामा दिएका छन् । सोमबारको जेन्जी प्रदर्शनमा सरकारको दमनकारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले लोकतान्त्रिक अधिकारमाथि बल प्रयोग भइरहेको कारण पद त्यागेको बताएका छन् ।

राजीनामा पत्रमा अधिकारीले सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार सत्ता टिकाउनका लागि असह्य भएको उल्लेख गरेका छन् । यसअघि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् भने अन्य कांग्रेस मन्त्रीहरू पनि राजीनामा दिने तयारीमा छन् । जेन्जीमाथिको दमन सह्य नभएको भन्दै सत्ताबाट बाहिरिन कांग्रेसले तयारी थालेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार