२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

विपक्षी दलले भने, ‘प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । मंगलबार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमबारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनले जानकारी दिएका छन् ।

बैठक बारे जानकारी दिदै पुनले भने, ‘प्रतिपक्ष दलहरुको तर्फबाट गणतन्त्रकै कलंकको रुपमा भन्न सकिने घटना भएको छ । यो ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश र भ्रष्ट सरकारको रवैया अस्वीकार्य छ । त्यसैले सबै घटनाको जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ युवाहरुको मागलाई सम्बोधन गर्दै सबै स्थिति साम्य गर्नुपर्छ भन्ने विपक्षी दलको धारणा रहेको उनले बताए ।

सामाजिक सञ्जाल बन्द गरिसकेपछि भएको युवाहरुको असन्तुष्टिलाई निरङ्कुश सरकारले बुझ्न नसकेर स्वछाचारी ढंगले अगाडी बढ्न खोजेको उनले बताए । प्रचण्डले बोलाएको आजको बैठकमा रास्वपा भने उपस्थित भएको थिएन । आजको बैठकमा माओवादी केन्द्रसहित राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार