२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

कृषिमन्त्री अधिकारीले दिए राजीना दिँदै भने, ‘सरकारको तानशाही हर्कतले झस्किए’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेनजी पुस्ताको आन्दोलनबारे क्षमायाचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाएका हुन् ।

उनले भनेका छन्, ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन, म पदबाट राजीनामा दिन्छु ।’ उनले पदीय जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना माग्दै सरकार समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् ।

मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको अधिकारीले जनाएका छन् ।

राजीनामा पत्र जस्ताको त्यस्तै

आदरणीय नेपाली जनसमुदायहरू,
नमस्कार, जय नेपाल !

म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार