२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा रविकिरण हमाल पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

जेनजी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रविकिरण हमाललाई पक्राउ गरेको छ । सोमबार दिउँसो बानेश्वरको आन्दोलन सहभागी भएर साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले हमाललाई पक्राउ गरेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन् । जेनजी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो ।

साथै उनले आन्दोलनमा भएको क्षतिको म जिम्मा लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने आफूसँग क्षमता भएको चिडियो पनि बाहिर आएको थियो । आफ्नो दाजु राप्रपाको केन्द्रीय सदस्य भए पनि जेनजी पुस्ताको भएका कारण आन्दोलनमा सहभागी बनेको तर सोमबार राति बूढानीलकण्ठबाट प्रहरीले गिरफ्तार गरेको रविका भाइले गुनासो पोखे ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार