काठमाडौं महानगरका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन् । सोमबार मध्यराति फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शाहले ओलीले आफ्ना सन्तान गुमाएका अभिभावकहरूको पीडा बुझ्न नसकेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुज्थिस् । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् ।’
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
