गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ जारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन् ।
करको रकम दुरुपयोग र भ्रष्टाचारविरुद्धमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बनेको थियो । उक्त आन्दोलनमा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
घटनापछि बसेको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठकमै नैतिकताको आधारमा लेखकको राजीनामा मागिएको थियो ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
सत्यपाटी