वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले जेनजीले आज गर्न लागेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै आज उठेको आवाज कुनै व्यवस्थाविरुद्वको आवाज नभई यो व्यवस्था हाकिराखेका सबै दलका नेता र कर्मचारीको कार्यमाथिको प्रश्नका रुपमा उठेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन् । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।’
हरिबंशले फेसबुकमा के लेखे ?
Gen Z पुस्ता
मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिँड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका छन् ।
आज उठेको आवाज कुनै व्यवस्थाविरुद्वको आवाज होइन, तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्यमाथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन् । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।
सत्यपाटी