नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले जेनजीले आज गर्न लागेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै विवेक प्रयोग गर्न अनुरोध गरेका छन् । उनले एक विज्ञप्तीमार्फत् यस्तो बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् ।’
यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार
सत्यपाटी