नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ आइतबार बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
आज सुन एक हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागले यो उचाइ हासिल गरेको छ ।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । शुक्रबार प्रतितोला दुई हजार ४९० रुपैयाँ पुगेको चाँदीको भाउ आइतबार दुई हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार
सत्यपाटी