चलचित्र ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् । गत हप्ताको शुक्रबार यी दुई चलचित्र रिलिज भएका थिए ।
‘माग्ने राजा’ उच्च शो सहित प्रदर्शन हुँदा ‘जनै हराएको मान्छे’ पनि प्रदर्शनरत छ । यी दुई चलचित्रबाहेक आज (शुक्रबार)बाट ‘गुन्यु चोलो’ प्रदर्शनमा आएको छ । हिजो (बिहीबार)बाट चलचित्र ‘कोशेढुंगा’ रिलिज भएको छ ।
यी चारबाहेक साउन २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘मोहोर’पनि प्रदर्शनरत छ । यसबाहेक हलिउड र बलिउडका चलचित्र पनि छन् । पाँचवटा विदेशी भाषाका चलचित्र प्रदर्शन भइरहेका छन् ।
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार
सत्यपाटी