२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाखभन्दा धेरै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १३ गते शुक्रबार

नेपाली बजारमा शुक्रबार (भदौ १३) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको साउन २३ गते छापावाल सुन तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो । बिहीबार (भदौ १२) पनि छापावाल सुन यसअघिको उच्च विन्दु अर्थात् तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा सुनको मूल्य एकैदिन तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार