नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ । संघ कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुसार भोलि भदौ १४ गतेबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो ।
अब फार्मबाट होलसेल मूल्य प्रतिक्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रतिक्रेट र सानो अण्डा ३ हजार रुपैयाँ प्रतिपेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रतिगोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।
यसअघि भदौ ४ गते अण्डाको मूल्य बढाएर प्रतिक्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो । संघले चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्ने जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार
सत्यपाटी