हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।
शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ । पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गरेर टिकटक बनाउन व्यस्त छन् । तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी













प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार
सत्यपाटी