२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी अनिवार्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २१ गते बुधबार

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी अनिवार्य हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको छ ।

मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन स्वास्थ्य मन्त्रालय अधिकारीहरुलाई भनेका थिए ।

यस अन्तरगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालय अन्तरगत गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमनसमेत गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौ बुँदे प्रतिबद्धता अन्तरगत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार