नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट अलग हुने सुझाव दिएका छन् । शुक्रवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालले दिएको पछिल्लो अभिव्यक्ति पार्टी नीति विपरीत भएको बताए ।
खनालले एक टेलिभिजन अन्तर्वार्तामा नेकपा (एमाले)को विभाजन गल्ती भएको बताएका थिए । ‘उहाँले भन्नुभएको छ, एमाले टुक्र्याउनु गल्ती भयो भन्ने । त्यो त पार्टीको आधिकारिक धारणा होइन । यस्तो अवस्थामा उहाँले नैतिक जिम्मेवारी लिँदै पार्टीबाट बिदा लिनु उपयुक्त हुन्छ,’ अध्यक्ष नेपालले भने ।
उनले खनालले अघिल्ला समयहरूमा पनि पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको उल्लेख गर्दै यस्ता अभिव्यक्तिले कुनै अर्थ नराख्ने टिप्पणी गरे । एमालेसँग उठबस गर्ने एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीप्रति पनि नेपाल रुष्ट छन् । खनाल र झाँक्रीलाई एकीकृत समाजवादीले तत्काल एक्सन लिने तयारी भइरहेको स्रोतले बतायो ।
सत्यपाटी