२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १७ गते शनिबार

शेयर कारोबारमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाइसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण शेयर कारोबार सदस्यहरुका नाममा सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान र सम्पुष्टि गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको जनाएको छ ।

आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्यहरुले पनि यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ । यो व्यवस्थाले धितो पत्र बजारमा कारोबारको पारदर्शीता बढाउने र सम्पत्ति शुद्धीकरण निवारणमा सहयोग पुग्ने अपेक्षा नेप्सेको रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार