नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारू समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरू गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारू विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारू विभाग गठन गरिएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले थारू समुदायलाई सम्मान गर्दै आएको छ । थारू समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारू विभाग गठन गरिएको छ । यो संगठन थारूहरूको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ ।’ त्यस्तै उनले संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउन नसक्दा अर्को पार्टीसँग मिलेर सरकार बनाउनुपरेको बाध्यता रहेको बताए ।
उनले भने, ‘हाम्रो संविधान सबैलाई जोड्ने खालको छ । जुन संविधान छ त्यसमा महिला, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व गर्छ । यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ वास्तवमा । तर यसमा एउटा समस्या पनि छ । संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ । त्यो कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुनसक्छ । तर पार्टी एक भएर अगाडि बढेको ढङ्गमा बहुमत आउन पनि सक्छ ।’ देउवाले यो कुरा पटकपटक बोल्दै आएका छन् ।
सत्यपाटी