जिल्ला सरकारी वकिल कार्यालय बाँकेले कर्णाली बैंकको अर्बौं रुपैयाँ घोटाला प्रकरणमा आबद्ध १०९ जनाविरुद्ध मुद्धा दायर गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधबार बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बाँकेको विशेष अदालतमा १०९ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
कार्यालयले कर्णाली विकास बैंकका तत्कालिन अध्यक्ष समेत रहेका राजेन्द्रवीर रायसहित १०९ जना विरुद्ध मुद्धा दायर गरेको छ । जसमा र्बैंकका तत्कालिन प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरसहित तत्कालिन सञ्चाक समितिका अध्यक्ष पश्पती दयाल मिश्र, तत्कालिन प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत लगायत छन् ।
यी हुन कार्यालयले मुद्धा दायर गरेका १०९ जना (सूचीसहित)
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
सत्यपाटी