नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन् । बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए । अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
नाउपामा पछिल्लो समय देखिएको आन्तरिक विवादपछि श्रेष्ठको पदच्युतिसहित नेतृत्व फेरबदल गरिएको हो । पार्टी स्रोतका अनुसार, अब पार्टीलाई सुदृढ बनाउने र आगामी राजनीतिक रणनीतिमा स्पष्टता ल्याउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो ।
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
सत्यपाटी