२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

मन्त्रीहरू फेरबदल गर्ने एजेन्डा फासफुस !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १५ गते बिहीबार

नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठक सकिएको छ । बैठकमा संसद्मा विचाराधीन विधेयक र कानुन संशोधन सम्बन्धी विषयमा छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार छलफल मुख्यतः कानून संशोधनमै केन्द्रित थियो, जसका लागि महान्यायाधिवक्ता रमेश बडाललाई समेत सहभागी गराइएको थियो । मन्त्रिपरिषद् हेरफेरबारे भने कुनै छलफल नभएको स्रोतले स्पष्ट पारेको छ ।

तत्काल मन्त्रीहरू फेरबदल गर्न प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा इच्छुक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डा नै अगाडि नसारेको स्रोतले बताए ।

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार