समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी । चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन् । त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ । तस्वीर : दिलकुमार लिम्बू । रासस
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
सत्यपाटी