वर्षौंदेखि बन्द विमानस्थलमा सेयर लगानीका नाममा सरकारले चालु आर्थिक वर्षमा करोडौं लगानी खन्याएपछि त्यसलाई कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले थप खर्च गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सेयर लगानीका रुपमा दिएको बजेटमा थप लगानी गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले सञ्चालनयोग्य र प्रतिफल दिने विमानस्थलमा थप लगानी बढाउनुलाई सामान्य मानिए पनि कतिपय विमानस्थलमा भने सरकारकै आदेश पालना बाहेक केही उपलब्धी नदेखिने खालको छ । जसका कारण प्राधिकरणको लगानी सुनिश्चित तर प्रतिफल अनिश्चित देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२–०८३ को बजेटमा वर्षौंदेखि बन्द विमानस्थलमा थप लगानी गरेर सञ्चालनयोग्य बनाउने घोषणा गरेको छ । सरकारले पर्यटन मन्त्रालयमार्फत सेयर लगानीका रुपमा बन्द विमानस्थलमा लगानी खन्याएको छ । उक्त बजेट कार्यान्वयन गर्ने निकाय प्राधिकरणले सरकारले दिएको बजेटमा थप लगानी गरेको छ ।
प्राधिकरणले थप लगानी गरेर विमानस्थल सञ्चालनयोग्य बनाउन र लगानीको प्रतिफल आउने गरी काम गर्न खोजिएको उल्लेख गरेको छ । तर, वर्षौंदेखि बन्द विमानस्थलमा सरकारले सेयर लगानीका नाममा बजेट खर्च गर्ने र प्राधिकरणले थप रकम खन्याउनुले लगानी सुनिश्चत तर प्रतिफल भने अनिश्चित हुने देखिएको छ ।
सत्यपाटी