राष्ट्रियसभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा कैद भएको छ ।
सम्बोधनका लागि पुगेका प्रधानमन्त्री ओली उनीहरूकै लहरमा छेउमा बसेका छन् । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ सुतिरहेको तस्वीर चर्चामा थियो ।






प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार
सत्यपाटी