मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य बिन्तीकुमारी थारुलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट पाँच लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य बिन्तीकुमारी थारुको श्रीमान धनिराम थारुको मृत्यु दावी बापत तीन लाख २७ हजार रुपैयाँ राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार थारुले चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
निजलाई सदस्य अभिभावक कर्जा बीमा अन्तर्गत उक्त बिमा रकम सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको बिनौना, बाँकेका शाखा प्रबन्ध दीपक पौडेलले बताए । सदस्य बिन्तीकुमारी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बिनौना, बाँकेद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार
सत्यपाटी