२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

गत वर्ष ३९ अर्ब बढीको धान चामल आयात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ८ गते बिहीबार

गत आर्थिक वर्ष २०८१–०८२ मा ठूलो परिमाणमा धान चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आवमा नेपालमा ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको हो ।

विभागको तथ्याङ्कअनुसार गत आवमा १० अर्ब ८३ करोड ४६ हजार रुपैयाँ बराबरको साधारण चामल १६ करोड ५४ लाख १८ हजार १९९ किलोग्राम चामल आयात भएको थियो । यस्तै, सात अर्ब ५२ करोड ९७ लाख ५७ हजार रुपैयाँ बराबरको ६ करोड ८७ लाख नौ हजार ६२८ किलोग्राम बासमती चामलको आयात भएको थियो । साथै, सो आवमा सात लाख ३७ हजार रुपैयाँको खैरो चामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आवमा २० अर्ब ३५ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको ५३ करोड ११ लाख ४४ हजार ५३२ केजी धान आयात भएको थियो । साथै, सोही आवमा एक अर्ब १६ करोड ६६ लाख ८० हजार २५ लाख ७० हजार ७२७ केजी धान बिउ आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८२ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार