सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थमा उच्च मूल्य वृद्धि

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ । भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार ०६:५८