२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

प्रधानमन्त्री ओलीले संसद्मा बोल्न नपाएपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ६ गते शुक्रबार

प्रतिनिधि सभामा आज शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएकोमा प्रतिपक्षीको अवरोधका कारण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन् ।

सभामुख देवराज घिमिरेले प्रश्नोत्तर सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाएपछि ओली संसद् भवनबाट बाहिर निस्किएका थिए । त्यसक्रममा सञ्चारकर्मीले ‘आज संसद्मा तपाईंले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले उल्टै प्रश्न गरे, ‘मज्जा लाग्यो ?’

आज संसद्मा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो । त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सोसमेत कार्यसूचीबाट हटाइएकव छ ।

भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रममाथि छलफल हुँदैछ ।

रास्वपाका सांसदहरु आज निलो रिबन र कालो पोशाकमा संसद् बैठकमा उपस्थित भएका थिए । अरु दिन नाराबाजी गरेर विरोध गरेका उनीहरु आज भने बैठक बहिष्कार गरेर बाहिर निस्किए ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार