सूचनाको शक्ति - The Power Of Information

        

इरानी हमलाले क्षतविक्षत् इजरायल (तस्वीर कथा)

गत जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् । इरानले इजरायलका तेल अभिभ, हाइफा, पेतहा टिभ्का, बीर सेभा र तमारा लगायत क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

इजरायलको वायु सुरक्षा प्रणाली इरानका धेरै मिसाइलहरूलाई रोके पनि केही भने आफ्नो लक्ष्यसम्म पुग्न सफल भएका छन् । यसबाट अस्पताल लगायत विभिन्न भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ । पछिल्लो जानकारी अनुसार इजरायलमा इरानले गरेको आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ ।

त्यस्तै, ५०० भन्दा बढी घाइते भएका छन् । उता, इजरायली आक्रमणमा परेर इरानमा पनि शीर्ष सैन्य अधिकारी र वैज्ञानिकसहित ६ सयभन्दा बढीको मृत्यु भएको छ । हेरौँ इरानले इजरायलमा गरेको हमलाबाट भएका क्षतिहरूको तस्वीरहरू :

स्रोत : रोयटर्स
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १७:२६