सूचनाको शक्ति - The Power Of Information

        

पशुपति शर्माको ‘झोले त तै झोले त मै…’ गीतलाई ६ घण्टामै सवा लाख भ्यूज

पशुपति शर्माको ‘झोले त तैं झोले त तैं…’ गीतले ६ घण्टामा एक लाख बढी भ्यूज पाएको छ । शर्माको पशुपति शर्मा यूट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले ६ घण्टामा एक लाख १५ हजार बढी भ्यूज पाएको हो ।

पशुपति शर्माको आफ्नै स्वर, संगीत र शब्दमा रहेको गीतमा नेताहरुको कार्यशैली र आनीबानीमाथि व्यङ्ग्य गर्दै जनता र समर्थकलाई खराब भनिएको छ । गीतमा नेताहरुलाई आर्थिक सहयोग गर्नेदेखि चुनावमा भोट खसालेर जिताउने सबैलाई खराब करार गरिएको छ ।

उनले गीतमा नेताहरुको वरिपरी रहेका कर्मचारी, विद्यार्थी, भ्रष्टाचारी, यूट्युबर सबैको चित्रण गरिएको छ । गीतमा पशुपति शर्मा आफैंले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १७:०५