नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो । समायोजन गरेको मूल्य आज सोमबार बिहानदेखि लागु हुनेछ ।
नेपाल आयल निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार
सत्यपाटी