गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ ।
यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड अनुमान छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने जनाएको छ । जसमध्ये १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्ब रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।
सत्यपाटी संवाददाता । गण्डकी