२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

गीत गाउन रूकुम पश्चिम पुगेकी रचना बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २७ गते मंगलबार

रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार पुगेकी रचना रिमाल बिरामी परेकी छन् ।

गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगन्ज लगिएको थियो ।

चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगन्ज लगिएकोमा त्यहाँबाट काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार