रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार पुगेकी रचना रिमाल बिरामी परेकी छन् ।
गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगन्ज लगिएको थियो ।
चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगन्ज लगिएकोमा त्यहाँबाट काठमाडौं ल्याइएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं