२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

कति पुग्यो राजेश हमालको उमेर ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २६ गते सोमबार

अभिनेता राजेश हमाल करिब चार दशकदेखि अभिनयमा सक्रिय छन् । उनको कलाकारिता प्रतिको जोस र जाँगर अहिले पनि घटेको छैन । त्यसैले उनको उमेर कति भयो होला ? सबैको चियो र चासोको विषय हो । हमाल भने अहिले ६१ वर्ष पुगेका छन् । उनी आज सोमबार आफ्नो ६१ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् ।

उनलाई फ्यान, शुभचिन्तक र साथीभाइ सबैले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् । पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म अभिनय गरेर दर्शक रिझाउन सफल हमाल बेला बेलामा सामाजिक कर्ममा पनि देखिने गरेका छन् ।

फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनयमा देखिएका हमालको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ केही सातादेखि प्रदर्शनरत छ । हमाल फिल्ममा मात्र सिमित छैनन् । उनले म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा पनि प्रशस्तै काम गरेका छन् ।

२०० बढी फिल्ममा अभिनय गरिसकेका र लामो समय यसै क्षेत्रमा बिताएकोले उनलाई ‘महानायक’को रूपमा पनि चर्चा गरिन्छ । कलाकारितामा देखिएको बाहेक अन्य के हुन् हमाल ? भन्ने सबैको चासाको विषय हो । जसको जवाफ हमाल आफैँले दिँदैछन् । उनले आफ्नो सोच, विचारदेखि विद्रोहसम्म सबथोक समेटिएको जीवनी पुस्तकमा ल्याउँदैछन् ।

‘जीवनमा मेरो बाल्यकाल, मेरो हुर्काइ, फिल्मको अहिलेसम्मको यात्रा सबै आउँछ,’ हमालले भने, ‘यो बाहेक पनि जीवन प्रतिको धारणा, राजनीतिप्रतिको धारणा, दर्शन अन्य सामाजिक विषयवस्तु प्रतिको धारणा लगायत धेरै कुरा समावेश छ ।’ पब्लिकका लागि यो रोचक सामग्री हुने विश्वास उनले गरेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार