२०८३ जेठ ११ , सोमबार 26, May 2026, Tuesday

सगरमाथा चढ्दै कांग्रेस महामन्त्री विश्वप्रकाश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ ३ गते शनिबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । महामन्त्री शर्माले वसन्त ऋतुको सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।

वसन्त ऋतुको हिमाल आरोहणमा अहिलेसम्म ५० जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेको पर्यटन विभागले जनाएको छ । आज राति पनि धेरै आरोही चुचुरोमा पुग्ने योजनामा छन् ।

विभागको तथ्याङ्क अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि अहिलेसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि १२४ समूहका १ हजार १४० जनाले अनुमति पाएका हुन् ।

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार