२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइमा पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेकी छन् ।

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री राणाले जोशीको अवस्था र रिहाइमा पहलको लागि आग्रह गरेकी हुन् । हमास लडाकू समूहले इजरायलबाट अपहरण गरेका नेपालका विपीन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी थिइन् । सन् २०२३ मा अपहरणमा परेका जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग नेपालले विश्व समुदायसँग आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार