२०८२ वैशाख १८ गते, बिहीवार, १ मे २०२५ । वैशाख शुक्लपक्ष चतुर्थी तिथि, १६ः३१ बजेपछि पञ्चमी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, ७ः५८ बजेपछि मिथुन ।
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ ।
बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । अरूका लागि धन खर्च हुनेछ । आजको लाभांश सञ्चय नहुन सक्छ ।
नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आस मारेको काम समेत सम्पादन हुनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला । बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला ।
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन् । आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ । खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्छ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । सावधानीले फाइदा उठाउन सकिनेछ ।
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं